कांग्रेसबाट समानुपातिकमा सबै नयाँ ! « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Thu Feb 2 2023


कांग्रेसबाट समानुपातिकमा सबै नयाँ !


4.381k
Shares

हेटौंडा । नेपाली कांग्रेसका तर्फबाट बागमति प्रदेश सदस्यमा सबै नयाँ अनुहार आउने भएका छन् ।

यसअघि समानुपातिकबाट सांसद् भएकाको नामसमेत बन्दसूचीमा समावेश नगरेका कारण प्रदेशमा समानुपातिक पद्धतिबाट छानिने कांग्रेसका सबै सदस्य नयाँ हुने भएका छन् ।

कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ मकवानपुरबाट निर्वाचित हुँदै मुख्यमन्त्रीका रूपमा आफ्नो दाबेदारी यसपटक पनि प्रस्तुत गर्नुभएको छ ।

यसअघि आलो–पालो सरकारको नेतृत्व गर्ने सत्ता गठबन्धनभित्र लिखित सहमति भए पनि उहाँ मुख्यमन्त्री बन्नबाट बञ्चित हुनुभएको थियो । जसका कारण यसपटक उहाँलाई मुख्यमन्त्रीको मुख्य दाबेदारका रूपमा हेरिएको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।