बारामा एक सातादेखि फोहाेर नउठ्दा दुर्गन्ध फैलिदै « Imagekhabar – Online News Portal of Nepal
१९ माघ २०७९, बिहीबार | Thu Feb 2 2023


बारामा एक सातादेखि फोहाेर नउठ्दा दुर्गन्ध फैलिदै


52
Shares

काठमाडौं । बाराको जीतपुर सिमरा उपमहानगरपालिकामा एक सातादेखि फोहोर उठ्न सकेको छैन ।

फोहोर उठाउन नसक्दा दुर्गन्ध फैलिदै गएको हाे । स्थानीयहरूको अवरोधका कारण फोहोर उठ्न नसकेको हो । उपमहानगर वडा नम्बर १ दुधौरा खोला छेउमा पथलैया सामुदायिक वनको जग्गामा बसोबास गर्दै आएका स्थानीयले फोहोरका गाडी रोकेर अवरोध गरेपछि फोहोर उठ्न नसकेको हो ।

स्थानीयहरूले फोहोर प्रशोधनका लागि मेसिन प्रयोग गर्नुपर्ने, औषधि प्रयोग गरेर फोहोरको दुर्गन्ध हटाउनुपर्ने र रोजगारीको व्यवस्था हुनुपर्ने मागसहित फोहोर विर्सजनमा अवरोध गर्दै आएका छन् ।

फोहोरको कारण दुर्गन्ध फैलिएर टाउको दुख्ने, वाकवाकी आउने, आँखा पोल्ने र बालबालिकालाई समेत असर परेको बजारबासीले गुनासो गरेका छन् ।