Logo १५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026


१३ वर्षमा ५१ अर्ब खर्च, आयोजना अस्थायी


104
Shares

काठमाडौं । दुई दशक देखिको चर्चा परिचर्चा, ५१ अर्ब रुपैयाँ लगानी र १३ वर्ष लामो निर्माण समय लागेको मेलम्ची खानेपानी आयोजना अन्तत: अस्थायी आयोजनाका रुपमा परिणत हुने सम्भावना बढेको छ ।

मेलम्ची नदीको जलधारा क्षेत्रमा २०७७ साल मा आएको भीषण वर्षा र पहिरोसँगै बालुवाको लेदो बगेर मेलम्ची खानेपानीको मुहानमा समस्या पारेपछि यो आयोजना हिउँदामा चल्ने र वर्षायाममा नचल्ने गरी अस्थायी बन्न पुगेको हो । यसबीचमा आधा खर्ब रुपैयाँ लगानी भएको आयोजना वर्षभरी सञ्चालनमा ल्याउने गरी सरकारले कुनै तयारी गरेको छैन । वर्षायाममा आयोजनाको मुहान बन्द गर्ने र हिउँदामा सञ्चालनमा ल्याउने ध्यान मात्र सरकारको देखिएको छ ।

मेलम्ची खोलामा बाढी आएको दुई वर्ष बितिसकेको छ । राजधानीका बासीन्दालाई खानेपानी आपूर्ति गर्ने महत्वपूर्ण यो योजनामा वर्षैभरी सञ्चालनमा ल्याउन सकिन्छ भनेर सरकारले अहिलेसम्म छलफल समेत चलाएको छैन ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।