बाजुरा घटनाबारे मानवअधिकार आयोगद्वारा अनुसन्धान सुरु « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


बाजुरा घटनाबारे मानवअधिकार आयोगद्वारा अनुसन्धान सुरु


390
Shares

काठमाडौं । बाजुरामा निर्वाचनको दिन मंसिर ४ गते दुई जना व्यक्तिको मृत्युबारे राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ ।

घटनाको बारेमा स्थलगत छानबिन तथा अनुसन्धान गर्न आयोगका उपसचिवको नेतृत्वमा केन्द्रीय कार्यालयका अधिकृत सम्मिलित एक टोली जिल्लातर्फ खटाइएको आयोगले जनाएको हो ।

टोलीलाई आवश्यक सहयोग गर्न आयोगले आग्रह गरेको छ । स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनितिक दल, नागरिक समाज, मानव अधिकारकर्र्मी, पीडित तथा पीडित परिवार र सर्वसाधारणलाई अनुसन्धानमा सहयोग गर्न आयोगले आग्रह गरेको हो ।

यता, निर्वाचन आयोगले बाजुराको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ मा मंसिर १० गते पुनः निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।