Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


जनताको चाहना अनुरुप काम गर्छु: प्रकाशमान सिंह


117
Shares

काठमाडाैं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका नवनिर्वाचित सांसद प्रकाशमान सिंहले जनताको चाहना अनुरुप काम गर्न आफू केन्द्रित हुने बताउनु भएको छ ।

विकास, निर्माणको काममा राजनीतिकरण नगर्ने र जनताको चाहना अनुसार आफूले काम गर्ने नेता सिंहले बताउनुभएकाे हाे। आज शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बाेल्दै आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उहाँले जनताले विकास, निर्माणको काममा राजनीतिकरण गरेको मन नपराएको उल्लेख गर्दै आफूले त्यसो नगर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

नेता सिंहले जनताको चाहना अनुसार आफूले आफ्नो निर्वाचन क्षेत्रको पूर्वाधार विकास, खानेपानीको व्यवस्थापन, बेरोजगारी समस्या समाधान, शिक्षा र स्वास्थ्य सुधारको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने बताउनुभएकाे छ ।