स्याङ्जा-२ मा निर्वाचन भएकाे ५ दिन पूरा, अझै मतगणना हुन सकेन « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


स्याङ्जा-२ मा निर्वाचन भएकाे ५ दिन पूरा, अझै मतगणना हुन सकेन

एमाले र कांग्रेस भने धर्नामा

273
Shares

स्याङ्जा । स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधि र प्रदेश सभाकाे निर्वाचन सकिएको आज शुक्रबार ५ दिन पूरा भइसकेकाे छ । तर पनि मतगणना हुन भने अझै सकेको छैन ।

नेकपा एमालेले चापाको नगरपालिका वडा नम्बर ३, ४ र ५ बुथ कब्जा भएको भन्दै सोमबारदेखि पुन: मतदानको मागसहित धर्नामा बसेकाे छ । यता नेपाली कांग्रेसले भने तत्काल मतगणना सुचारू गर्न माग गर्दै मंगलबारदेखि धर्ना दिइरहेको छ।

क्षेत्र नम्बर २ वालिङ नगरपालिकामा रहेको निर्वाचन कार्यलयले भने माथिबाट केही आदेश आयको छैन भन्दै यहाँबाट केही थप निर्णय गर्न नमिल्ले जनाएको छ। त्यस्तै स्याङ्जा क्षेत्र नम्बर १ काे मतगणना अन्तिम चरणमा पुगेको छ ।