नवलपरासी–२ (२) मा कांग्रेसका बैजनाथ विजयी « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


नवलपरासी–२ (२) मा कांग्रेसका बैजनाथ विजयी


169
Shares

परासी । नवलपरासी पश्चिम निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा २ मा नेपाली कांग्रेसका बैजनाथ कलवार विजयी हुनुभएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार नगेन्द्र अग्रहरीलाई १ हजार ६ सय ८९ मतान्तरले पराजित गरी कलवार विजयी हुनुभएको हो ।

कलवारले ११ हजार ७ सय ३६ मत ल्याउनु हुँदा अग्रहरीले १० हजार ४७ मत पाउनुभयो । यस्तै, जनता समाजवादी पार्टी (जसपा) का धरेन्द्र यादवले ९ हजार ५ सय ८२ मत ल्याएर तेस्रो हुनुभयो ।