Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


अभिनेत्री सामन्था बनिन् ‘मोस्ट पपुलर फिमेल स्टार’


832
Shares

एजेन्सी । दक्षिण भारतीय चर्चित अभिनेत्री सामन्था रुथ प्रभुले ‘मोस्ट पपुलर फिमेल स्टार’को उपाधि जितेकी छिन् ।

हालै ओरम्याक्स स्टार इन्डिया लभले सबैभन्दा लोकप्रिय महिला स्टारहरूको सूची जारी गरेको थियो । जसमा १० अभिनेत्रीहरूको नाम समावेश गरिएको थियो। यो सूचीमा सामन्था शीर्ष स्थानमा छिन् । योसँगै उनले आलिया भट्ट र दीपिका पादुकोणलाई पनि पछाडि छोडेकी छन् ।

भातीय सञ्चार माध्यमका अनुसार ओरम्याक्स स्टार इन्डिया लभले जारी गरेको सबैभन्दा लोकप्रिय महिला स्टारहरूको सूचीमा दोस्रोमा आलिया भट्ट, तेस्रोमा नयनतारा, चौथोमा काजल अग्रवाल, पाँचौंमा दीपिका पादुकोण, छैठौंमा रश्मिका मन्डन्ना, सातौंमा क्याट्रिना कैफ, आठौंमा अनुष्का शेट्टी, नवौंमा कृति सुरेश र दशौंमा तृषा कृष्णन रहेका छन् ।

सामन्था पछिल्लो समय फिल्म ‘यशोदा’ मा देखिएकी थिइन् । यो फिल्मलाई दर्शकले निकै रुचाएका थिए । यस बाहेक उनी पुष्पाको आइटम गीत ओ अन्तावामा देखिएकी थिइन् । जसबाट उनी रातारात चर्चित भइन् ।