काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/ ८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
आइतबार महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएकाे हाे ।
उहाँले सुकुम्बासी बस्ती हटाउने विषयमा सृजना भएको तनाव र विवादलाई मध्यनजर गर्दै बल प्रयोगभन्दा पनि संघीय र प्रदेश सरकारसँगको प्रत्यक्ष समन्वय, त्रि–पक्षीय साझेदारी र ‘सामूहिक आवास’ निर्माणको नीतिलाई केन्द्रमा राखेको बताउनुभयाे ।
जलमग्न र जोखिमपूर्ण नदी किनार तथा सार्वजनिक स्थलहरूमा वर्षौंदेखि बस्दै आएका अव्यवस्थित बसोवासीहरूको स्थानान्तरण र उचित पुनःस्थापना सधैं काठमाडौंको मुख्य सहरी चुनौती रहि आएको छ।









प्रतिक्रिया दिनुहोस्