३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरुसँग प्रधानमन्त्रीको परामर्श


0
Shares

काठमाडौं, असार ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग परामर्श गरेका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा आज भएको छलफलमा सहभागी पूर्व प्रधानमन्त्रीहरुले चीनसँग राष्ट्रिय हित हुनेगरी सम्झौताहरु गर्न र सोही अनुसारको सम्बन्ध बनाउन सल्लाह दिएको जनाइएको छ ।

छलफलमा पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर  देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा बाबुराम भट्टराईलगायत सहभागी थिए ।

त्यस क्रममा पूर्व प्रधानमन्त्री भट्टराईले १० बुँदे सुझाव दिएका छन् ।