Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


कञ्चनपुरमा ३ मा कांग्रेसका लेखक विजयी


442
Shares

कञ्चनपुर । प्रतिनिधिसभामा कञ्चनपुर क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका रमेश लेखक निर्वाचित हुनुभएकाे छ ।

निकटतम प्रतिस्पर्धी एमालेकी निरुदेवी पाललाई १२ हजार ७७ मतको फराकिलो अन्तरले पराजित गर्दै लेखक निर्वाचित हुनुभएकाे हाे।

गठबन्धनका तर्फबाट उम्मेदवार बनेका लेखकले ३० हजार ५२३ मत प्राप्त गर्दा एमालेकी निरुदेवी पालले १८ हजार ४४८ मत प्राप्त गर्नु भएकाे छ ।

९७ हजार ८२२ मतदाता रहेको क्षेत्र नम्बर ३ मा ५७ हजार ७५८ मत खसेको थियो ।