रुपन्देही–५(२) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी « Imagekhabar – Online News Portal of Nepal
२१ मंसिर २०७९, बुधबार | Wed Dec 7 2022


रुपन्देही–५(२) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी


143
Shares

काठमाडाैं । रुपन्देही निर्वाचन क्षेत्र नम्बर ५ को (२) मा जनमत पार्टीका चन्द्रकेश गुप्ता विजयी हुनुभएको छ । सत्ता गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार फखरुद्दिन खानलाई पराजित गर्दै उहाँ विजयी हुनुभएको हो ।

गुप्ताले १२ हजार नौ सय ४१ मत प्राप्त गर्नुभएको छ । खानले ११ हजार छ सय ५१ मत ल्याउनुभएको निर्वाचन अधिकृत चिन्तनामणि शर्माले जानकारी दिनुभयो ।

प्रतिनिधिसभाको मतगणना सकिएपछि आधिकारिक घोषणा हुने उहाँको भनाइ छ । यस क्षेत्रको प्रदेशसभातर्फ ५(१) मा नेकपा (एमाले) का नेता तथा पूर्वसांसद भूमिश्वर ढकालले फराकिलो अन्तर बनाउनुभएको छ ।

यस क्षेत्रको प्रतिनिधिसभा सदस्यमा एमालेका वासुदेव घिमिरे अगाडि हुनुहुन्छ । कांग्रेसका भरतकुमार शाह दोस्रो स्थानमा हुनुहुन्छ ।