Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


आइतबारको बिदा कटौती गर्न सांसद भाटको माग


208
Shares

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आईतवार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले सातामा दुई दिन बिदा दिने सरकारको निर्णयले शैक्षिक संस्थाहरुमा अध्ययन अध्यापन प्रभावित भएको बताउनुभयो ।

आईतवारको बिदा कसैलाई पनि नचाहिएको उहाँको भनाइ छ । उहाँले आईतवारको बिदा खारेज गरी सातामा एकदिन शनिवार मात्र बिदा दिने व्यवस्था कायम गर्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘विपद्को समयमा मुस्लिम समूदायले पनि सहयोग गर्ने वातारण निर्माणमा सहयोग गर्ने सबैमा धन्यावाद भन्न चाहान्छु । र यो आईतवारको बिदा कसैलाई पनि चाहिएको छैन । शैक्षिक संस्थादेखि सबै ठाउँहरुमा यसले नकारत्मक असर पारिरहेको छ ।

त्यसकारण सरकारले आईतवारको बिदा कटौती गरेर पहिलेकै शनिवारको बिदा कायम गरोस् । सरकारले मध्यपश्चिममा भएको तनावका कारण पेट्रोलियम पदार्थको आयात प्रभावित हुँदा कम खपतका गर्न भन्दै गत २०८२ चैत २३ गतेबाट सातामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।