४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


बर्दिया–१ (१) मा नेपाली कांग्रेसका भुवनेश्रर थारु विजयी


39
Shares

बर्दिया । बर्दिया क्षेत्र नं २(१) प्रदेशसभा सदस्यमा नेपाली कांग्रेस उम्मेदवार भुवनेश्रर थारु विजयी हुनुभएको छ । थारु १६ हजार चार सय ७५ मत ल्याएर विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) उम्मेदवार सालिकराम अधिकारीले १६ हजार तीन सय ८४ मत प्राप्त गर्नुभएको छ ।

नेपाली कांगे्रस उम्मेदवार थारु ९१ मतको अन्तरले विजयी हुन सफल हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बर्दियाले जनाएको छ ।

यो निर्वाचन क्षेत्रमा ८१ हजार नौ सय १९ मतदाता रहेकोमा ५० हजार आठ सय ६५ मत खसेको थियो भने दुई हजार दुई सय मत बदर भएको छ ।