ओखलढुंगाको प्रदेशसभा १ मा कांग्रेसका सुनुवार विजयी « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


ओखलढुंगाको प्रदेशसभा १ मा कांग्रेसका सुनुवार विजयी


390
Shares

ओखलढुंगा । ओखलढुंगाको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार विजयी हुनुभएको छ ।

उहाँ एमालेका अम्बिरबाबु गुरुङलाई पराजित गर्दै विजयी हुनुभएको हो ।

सुनुवार ३ सय ६० मतान्तरले अग्रता कायम गर्दै विजयी हुनुभयो । सुनुवारले १४ हजार ९ सय १६ मत ल्याउनुभएको छ । उहाँका निकट्तम प्रतिद्वन्द्वी एमालेका अम्बिरबाबु गुरूङले १४ हजार ५ सय ५६ मत पाउनुभयो ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका सुनुवारसँग तीन दशक लामो राजनीतिक अनुभव छ । उहाँ २ कार्यकाल ओखलढुंगा कांग्रेसको सभापति समेत हुनुभएको थियो ।