२२ जनाविरुद्ध किटानी जाहेरी दर्ता « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Sat Dec 10 2022


२२ जनाविरुद्ध किटानी जाहेरी दर्ता


806
Shares

काठमाडौं । बाजुरा त्रिवेणी नगरपालिका–७ मागत गएको आइतबार चेतन एडीको हत्यामा संलग्न आरोपमा प्रहरीसमक्ष किटानी जाहेरी परेको छ ।

ऐडी हत्या आरोपमा २२ जनाविरुद्ध किटानी जाहेरी दर्ता गरिएको बाजुराका डीएसपी चतुर्भुज ओझाले जानकारी दिए । ४ मंसिरमा निर्वाचन क्रममा त्रिवेणी–७ स्थित नाटेश्वरी मतदान केन्द्रमा चेतन मतदान प्रतिनिधि थिए । मतदान सकिएपछि कांग्रेस कार्यकर्ताले घरमै गएर निर्घात कुटपिट गरेर उनको हत्या गरेको नेकपा एमाले स्थायी समिति सदस्य कर्ण थापाको दाबी छ । हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्नसमेत उनले माग गरे ।

अनेरास्ववियु सचिवालय सदस्य चेतनको अछामस्थित बयलपाटा अस्पतालमा घटनाकै राति मृत्यु भएको थियो । निर्घात कुटपिटबाट गम्भीर घाइते उनको उपचार क्रममा मृत्यु भएका उनको शव अहिले पनि अस्पतालमै छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।