सिन्धुलीका दुवै क्षेत्रमा सत्ता गठबन्धन अगाडि « Imagekhabar – Online News Portal of Nepal
१३ मंसिर २०७९, मंगलवार | Tue Nov 29 2022


सिन्धुलीका दुवै क्षेत्रमा सत्ता गठबन्धन अगाडि


871
Shares

सिन्धुली । सिन्धुलीमा प्रतिनिधि र प्रदेश सभा निर्वाचनको मतगणना जारी छ ।

प्रतिनिधि सभा तर्फ जारी मतगणनामा सिन्धुलीका दुबै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र नम्बर –१ मा १५ हजार २४० मत गणना हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेपाली काँग्रेसका उम्मेदवार श्याम कुमार घिमिरेले ८ हजार ८० मत प्राप्त गर्नु भएको छ । त्यसैगरी नेकपा एमालेका उम्मेदवार प्रदीप कटुवालले ६ हजार ११२ मत ल्याउनु भएको छ ।

यसैगरी क्षेत्र नम्बर –२ मा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका माओवादी केन्द्रका राजन दाहाल(लेखनाथ) ले अग्रता लिनु भएको छ । दाहालले ८ हजार १३६ मतका साथ अग्रता लिदा नेकपा एमालेका मनोजंग थापालाई ५ हजार ९६१ मत आएको छ । दुइवटै निर्वाचन क्षेत्रको प्रदेश सभा तर्फको पनि मतगणना जारी छ । सिन्धुलीमा प्रतिनिधि सभातर्फ दुई र प्रदेश सभातर्फ चार निर्वाचन क्षेत्र रहेका छन् । सिन्धुलीका दुवै क्षेत्रमा सोमबार साँझबाट मात्रै मतगणना शुरु गरिएको थियो ।