Logo २५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026


अनेरास्ववियूले गर्‍याे आज पनि मार्तडी बजार र सरकारी कार्यालय बन्द


494
Shares

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ७ मा निर्वाचनका दिन भएको घटनाको विषयलाई लिएर नेकपा एमालेको अनेरास्ववियूले आज पनि सदरमुकाम मार्तडी बजार र सरकारी कार्यालय बन्द गरेकाे छ ।

अनेरास्ववीयुका केन्द्रीय सचिवालय सदस्य तथा बाजुराका क्याम्पसका स्ववियु सभापति चेतन अयडीको हत्यामा संलग्नहरुलाई कारवाहीको माग गर्दै अनेरास्ववीयु बाजुराले मंगलबार विहान सदरमुकाम मार्तडीको तुफान डाँडामा टायर बालेर प्रर्दशन सुरु गरेको अनेरास्ववियूका लक्ष्मण रोकायाले बताउनुभयाे ।

मतदान सम्पन्नपछि नेपाली काँग्रेसका कार्यकर्ताहरुले अयडीको विभत्स हत्या गर्दा पनि सुरक्षाकर्मीहरु टुलुटुलु हेरेर बसेकाले न्यायका लागि आज मार्तडी बजार र सरकारी कार्यालय बन्द गर्न बाध्य भएको अनेरास्ववीयुका रोकायाले बताउनुभयाे ।

त्यस्तै सोही दिन सुरक्षाकर्मीको गोली लागेर सोही वडाका सन्जिव अयडीको पनि ज्यान गएको थियो । अहिले मृतक सन्जिवको शव मतदान स्थलमै राखिएको छ भने चेतन अयडीको शव बयालपाटा अस्पतालमा छ । यता स्थानीय प्रशासनले भने सर्वदलीय बैठक बसेर शवको व्यवस्थापन गर्ने बताएको छ ।



Post Details