२८ जेष्ठ २०८२, बुधबार | Wed Jun 11 2025


म्याग्दीमा मतपेटिका संकलन सुरु


117
Shares

काठमाडौँ । आम निर्वाचनकाे निर्धारित समय सकिएलगत्तै म्याग्दीमा मतपेटिका संकलन कार्य सुरु भएकाे छ ।

निर्वाचन आयाेगले आइतबार प्रतिनिधि तथा प्रदेशसभा सदस्य चयनका लागि विहान ७ बजेदेखि साँझ ५ बजेकाे सम्मकाे समय ताेकेकाे थियाे । यद्यपि मतदानस्थल भित्र प्रवेश गरेकालाई मतदान गर्न दिइने आयाेगले जनाएकाे छ ।

छिटफुट घटनाबाहेक देशैभर शा्न्तिपूर्ण रुपमा निर्वाचन भएकाे आयाेगकाे भनाइ छ । म्याग्दीमा मतदानकाे निर्धारित समय सकिएसँगै धमाधम मतपेटिका संकलन भइरहेकाे जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएकाे छ ।

सम्बन्धित मतगणना स्थलमा मतपेटिका पुर्‍याएलगत्तै सर्वदलीय बैठक बसेर मतगणना थालिने पनि जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएकाे छ ।