धनगढी । पछिल्लो ३ वर्षयता कैलाली भन्सार कार्यालयको राजश्व असुली दर घट्दै गएको छ ।
आर्थिक वर्ष २०७७/७८ लक्ष्य भन्दा बढि राजश्व असुल भएकोमा त्यसपछिका वर्षहरुमा लक्ष्य भन्दा कम राजश्व असुली भएको हो । कैलाली भन्सार कार्यालयको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०७९/८० को पछिल्लो ३ महिनामा लक्ष्यको ६४.९० प्रतिशत राजश्व असुल भएको छ । आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा ८५.८८ प्रतिशत राजश्व असुली गरेको थियो भने आर्थिक वर्ष २०७७/७८ को सोही अवधिमा ११२.९२ प्रतिशत राजश्व असुली गरेको थियो ।
साउन, भदौ र असोज महिनामा कैलाली भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा २ अर्ब ६१ करोड ८२ लाख ५८ हजार रुपैयाँ राजश्व असुल गर्ने लक्ष्य राखेको भएपनि १ अर्ब ६९ करोड ९१ लाख २१ हजार रुपैयाँ मात्रै असुल गरेको छ । सोही अवधिमा आर्थिक वर्ष २०७८/७९ मा दुई अर्ब ५७ करोड ९० लाख ८४ हजार रुपैयाँ राजश्व असुल गर्ने लक्ष्य राखिएकोमा २ अर्ब २१ करोड ५० लाख रुपैयाँ असुल गरेको छ भने आर्थिक वर्ष २०७७/७८ मा १अर्ब ७८ करोड ३ लाख ८९ हजार रुपैयाँ राजश्व असुल गर्ने लक्ष्य राखिएकोमा २ अर्ब एक करोड ४ लाख १४ हजार रुपैयाँ असुल गरेको थियो ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्