काठमाडौं । स्थिर अवधिको समयमा मध्यरातमा चुनावको सामग्रीसहित गाडी चलाउने आठ जनालाई संयुक्त सुरक्षा टोलीले नियन्त्रणमा लिएको छ। गए राति रौतहटको विभिन्न ठाउँबाट आठ जनालाई नियन्त्रणमा लिइएको रौतहट प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा उम्मेदवारका आफन्त र छोरा पनि रहेको बुझिएको छ। रौतहटको गढीमाई नगरापालिका ४ मा प्रहरी निरीक्षक अरविन्द कुमार साहको नेतृत्वमा रहेको नेपाल प्रहरीको टोलीसहित नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त सुरक्षा टोलीले गए राति मध्यरातमा चेकजाँच गर्ने क्रममा शंका लागि गरुडाबाट पल्टुवातर्फ जाँदै गरेको बीआर ३० एबि ७५२० नम्बरको कारलाई चेकजाँच गर्दा प्रेसर कुकरसहित अन्य सामग्री फेला परेको प्रहरीले जनाएको छ ।
कारमा प्रेसर कुकर एक थान, स्वस्तिक छापसहित करिब ६ हजार मत्रपत्र र गाडीको चालकसहित फेला परेको छ। गाडीमा कार चालक रौतहटको गरुडा नगरपालिका २ गेडहीगुठीका बैनाथ रायका २४ वर्षीय छोरा रंजितकुमार यादव, आशिक यादवका २३ वर्षीय छोरा निलेश यादव तथा जयनाथ राय यादवका १४ वर्षीय छोरा रंजन यादवका साथै वृन्दावन नगरपालिका ४ का सिउजी राय यादवका २३ वर्षीय छोरा अनिल यादव, कटहरिया नगरपालिका ६ फत्तेपुरका अभिजान मियाका ३१ वर्षीय छोरा मनिर मिया र मौलापुर नगरपालिका ६ पथराका रामचन्द्र राय यादवका २४ वर्षीय छोरा सत्यलाल यादव रहेका छन्। यसै गरी बा १७ च ८३९८ नम्बरको कारबाट संयुक्त सुरक्षा टोलीलाई दुई जनालाई नियन्त्रणमा लिनुका साथै लखौँ रुपैयाँ नगद र मतपत्र बरामद गरेको छ।
गढीमाई ४ बाट संयुक्त सुरक्षा टोलीले कार चालक गरुडा नगरपालिका ८ जिंगडियाका आसी महम्मदका २३ वर्षीय छोरा खुरसेद शेष र गढीमाई ३ गम्हरियाका शेष गनि महमदका ५१ वर्षीय छोरा शेष मुन्नालाई दुई लाख १४ हजार २०० रुपैया नगदका साथै जसपा र एमालेको स्वस्तिक चिन्ह लगाएको मतपत्रसहित नियन्त्रणमा लिएको छ। पक्राउ परेका शेष र महमद जसपा एमाले गठबन्धनका उम्मेदवार फुलबाबु भन्ने अब्दुल कलाम आजादका मानिसहरु रहेको बुझिएका छ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्