 
	    ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका ३ र ४ जोड्ने कुल खोलाको पक्की पुलमाथि शंकास्पद वस्तु फेला परेको छ ।
पुलको दुवै मुखमा प्रेसर कुकुर र स्टीलको क्यानमा खतरा लेखेर तार जोडिएको वस्तु फेला परेको हो । आज शनिबार बिहानै स्थानीयले शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । फेला परेको वस्तु विष्फाेटक पदार्थ बम भएको आशंका गरिएको छ । शंकास्पद वस्तुसँगै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) को चुनाव बहिष्कारसम्बन्धी पोष्टर र पर्चा समेत फेला परेको छ ।
घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । उक्त शंकास्पद वस्तुलाई निष्क्रिय बनाउने र घटनाकाे बारेमा अनुसन्धान गर्नका लागि टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी शुकदेव खनालले जानकारी दिनुभयो ।
निर्वाचनको मुखैमा शंकास्पद वस्तु फेला परेसँगै ओखलढुंगामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्