
काठमाडौं । वर्षेनी रेडपान्डा संरक्षणका लागि खर्च भइरहे पनि तिनको संरक्षणमा भने चुनौती बढ्दो छ ।
इलाम सन्दुकपुर गाउँपालिकाको माबु दोभाने, जौवारी, हाँगे थाम, जमुनाको चोया टार, माईजोगमाई गाउँपालिकाको प्याङ पातल सामुदायिक वन, जोग माईको माथिल्लो सामुदायिक वन लगायत पाइने मालिंगो र भालुचिन्डेको टुसा भाँचेर स्थानीयले तरकारी खाने र टुसा बिक्री गर्न थालेपछि रेडपान्डा झनै संकटमा पर्न थालेको छ ।
लजालु स्वभव भएकाले जंगली जनावर र कुकुरले सजिलै अक्रमण गर्ने हुदाँ पनि यसको संख्यामा वृद्धि हुन सकिरहेको छैन ।पछिल्लो समय स्थानीय तहले सडक निर्माण क्रममा रेडपान्डा पाइने क्षेत्रमा डोजर चलाउने गरेका कारण पनि संरक्षणमा चुनौती बढेको छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्