उत्तर कोरियाले गर्‍याे क्षेप्यास्त्र परीक्षण « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


उत्तर कोरियाले गर्‍याे क्षेप्यास्त्र परीक्षण


377
Shares

काठमाडाैं । उत्तर कोरियाले लामो दूरी प्रहार गर्न सक्ने क्षेप्यास्त्रको परीक्षण गरेको छ । इन्टर कन्टिनेन्टल ब्यालेस्टिक मिसाइल परिक्षण गरेको हो ।

जापानी तट रक्षकहरूका अनुसार उक्त अन्तर महादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र उत्तर कोरियाको होक्काइडो क्षेत्रबाट करिब २ सय १० किलोमिटर पर समुद्रमा खसेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सो क्षेप्यास्त्र ६ हजार १ सय किलोमिटरको उचाइसम्म पुगेको र म्याक २२ सम्मको अत्यन्त तीव्र गतिमा १ हजार किलोमिटर पर पुगेको दक्षिण कोरियाको सेनाले बताएको छ ।

गत दुई महिनामा उत्तर कोरियाले ५० भन्दा धेरै क्षेप्यास्त्रको परीक्षण गरिसकेको छ । ती मध्ये अधिकांश छोटो दूरीका थिए । जापानका रक्षामन्त्री यासुकाजु हमादाले उक्त क्षेप्यास्त्र अमेरिका सम्म पुग्ने क्षमतायुक्त भएको र त्यो १५ हजार किलोमिटर दूरी तय गर्न सक्षम रहेको दाबी गर्नुभएको छ ।

आइतबार अमेरिकी राष्ट्रपति जो बाइडन, दक्षिण कोरियाली राष्ट्रपति युन सुक–योल र जापानी प्रधानमन्त्री फुमियो किशिदाबीच क्याम्बोडियामा भएको भेटपछी उत्तर कोरियाले यो क्षेप्यास्त्र परीक्षण गरिएको बुझिएको छ । केही महिनायता उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा अमेरिकी सैन्य गतिविधिको प्रतिक्रियास्वरूप बारम्बार क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ ।