२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


सिन्धुलीका किसान व्यावसायिक केराखेतीतर्फ आकर्षित


0
Shares

सिन्धुली, भदौ ८ । व्यावसायिक केरा खेती गरेर सिन्धुली खाङसाङका किसानले राम्रो आम्दानी गर्न थालेका छन् ।

जिल्ला कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा कमलामाई नगरपालिका र फिक्कल खाङसाङका किसानले हाईब्रिड जातको चिनी चम्पा, गोपाल जातका केराका बिरुवा रोपेको एक वर्षमै उत्पादन दिन थालेपछि कृषक केरा खेतीप्रति आकर्षित भएका हुन् ।

सिन्धुलीका केरा महोत्तरीको बर्दिवास, जनकपुर र काठमाडौंका बजारसम्म पुग्ने गरेको छ । सिन्धुलीका बजारमा केरा प्रतिदर्जन पचासदेखि एकसय रुपैयाँसम्ममा बिक्री हुँदै आएको छ ।