Logo २ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026


इरानको प्रदर्शनका अज्ञात समुहद्वार गोली प्रहार


65
Shares

एजेन्सी । इरानमा जारी प्रदर्शनका क्रममा अज्ञात बन्दुकधारीले प्रदर्शनकारी र सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा पाँच जनाको मृत्यु भएको छ ।

इरानको खुजेस्तान प्रान्तको एक बजारमा भएको गोलाबारीमा १० जना घाइते भएका छन् । इरानको खुजेस्तानको इजेह शहरको सेन्ट्रल मार्केटमा दुईवटा मोटरसाइकलबाट आएका अज्ञात बन्दुकधारी समुहले अन्धाधुन्ध गोली प्रहार गरी फरार भएका थिए । अहिलेसम्म कुनै पनि समूहले यस आक्रमणको जिम्मा लिएको छैन् ।

यसअघि गत अक्टोबर २६ मा इस्लामिक स्टेटले इरानको शिराज शाह चेराघ समाधिस्थलमा आक्रमण गर्दा १३ जनाको मृत्यु भएको थियो ।

ड्रेस कोड उल्लंघन गरेको आरोपमा ३ दिनका लागि हिरासतमा लिएकी इरानी मुश्लिम महिला महसा अमिनीको हिरासतमै मृत्यु भएपछी देशभर चर्केको प्रदर्शन अहिले पनि जारी छ ।