 
	    एजेन्सी । बलिउड अभिनेता सैफ अली खान र पूर्वपत्नी अमृता सिहंको छोरा इब्राहिम अली खान चाँडै नै फिल्ममा डेब्यु गर्दैछन् ।
भारतीय सञ्चार माध्यामका अनुसार निर्माता करण जोहरले इब्राहिमलाई फिल्ममा डेब्यु गराउन लगेका छन् । उनको उक्त फिल्म सन् २०२३ मा रिलिज हुन हुनेछ । जसलाई अभिनेता बोमन इरानीका छोरा कयोज इरानीले निर्देशन गर्नेछन्।
यस फिल्मको कथाले डिफेन्स फोर्सको विषयलाई समेटेको छ । यसलाई करण जोहरले निर्माण गर्नेछन् । यद्यपि फिल्मको बारेमा आधिकारिक घोषणा भने भइसकेको छैन । तर, यो फिल्म ठूलो बजेटको हुने र यसमा इब्राहिमको महत्वपूर्ण भूमिका रहने बताइएको छ ।
इब्राहिमले यसअघि करणको आगामी फिल्म ‘रकी और रानी की प्रेम कहानी’ मा सह-निर्देशकको रुपमा काम गरेका छन् । यस फिल्ममा रणवीर सिंह, आलिया भट्ट, शबाना आजमी, जया बच्चन र धर्मेन्द्रको अभिनय रहेको छ । फिल्म आगामी अप्रिल २८ मा हलमा रिलिज हुनेछ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्