
काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तनले अर्थतन्त्र, पारिस्थितिक प्रणाली र मानवीय क्षति बढिरहेको भन्दै जलवायु प्रतिवद्धता कायान्वयन गर्न विश्वभरका राष्ट्रहरूलाई आग्रह गरेको छ ।
कार्यान्वयनका लागि सँगसँगै भन्ने नाराका साथ इजिप्टको शर्म अल शेखमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २७ औं सम्मेलन (कोप-२७) को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपाली प्रतिनिधिले जलवायु परिर्वतनका कारण अर्थतन्त्रलगायत पारिस्थितिक प्रणली र मानवीय नोक्सानी बेहोर्नुपरेको वक्तव्य प्रस्तुत गरेका छन् ।
जलवायुजन्य जोखिमका कारण नेपालजस्ता मुलुकहरूले धनजनको ठूलो क्षति बेहोर्नुपरेको भन्दै नेपालले न्यूनीकरण र अनुकूलनका कार्यक्रम सञ्चालन गर्नका लागि अन्तर्राष्ट्रिय जलवायु वित्तीय तथा प्राविधिक सहयोगका लागि समेत आह्वान गरेको छ । वन तथा वातावरण मन्त्रालयका सचिव तथा कोप -२७ का लागि नेपाली प्रतिनिधिमण्डलका प्रमुख डा. प्रेनारायण कँडेलले जलवायुजन्य जोखिममा कारण नेपालले भोगेका समस्या, समाधानको बाटो, राणनीति, जोखिम न्यूनीकरणका लागि आर्थिक तथा प्राविधिक सहगोगको आह्वान समेत गरेका छन् ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्