
काठमाडौं । ‘द भ्वाइस’को अमेरिकी संस्करण अन्तिम १६ मा नेपाली मूलकी १७ वर्षीय परिजिता बाँस्तोलाले उत्कृष्ट प्रस्तुति दिएकी छन् ।
परिजिताले भाबुक गीत छनौट गरि सोमबार राती उत्कृष्ट प्रस्तुति दिएकी थिइन् । उनले लेडी गागाको चर्चित गीत ‘आई विल नेभर लभ अगेन’ राति गयकी थिइन् । परिजिताको भाबुक गीतको प्रभाब कोचहरूमा यतीसम्म पर्याेकी चारै जना कोचले उत्तिकै प्रशंसा गर्दै उभिएर स्वागत गरेका थिए ।
एक पछि अर्को चरणमा पुग्दै गरेकी परिजिता अब देखि अघि बढ्ने कि नबढ्ने भन्ने कुरा भोटिङमा पनि निर्भर हुनेछ । शीर्ष १६ मा परेकी उनी शीर्ष १३ मा पुग्ने या नपुग्ने फैसला अब भोटिङमार्फत हुने छ ।
आज (मंगलबार) देखि द भ्वाइसमा लाइभ शो सुरु भएको छ । लाइभ शो राउण्डबाट दर्शकले प्रतिस्पर्धीलाई भोट गर्न सक्नेछन् । नेपालबाट समेत दर्शकले परिजितालाई भोट गर्न सक्छन् ।
उनले हरेक पटक नेपाली पहिरनमा आफ्नो प्रस्तुति दिदै आएकी छन् ।
प्रतिक्रिया दिनुहोस्