२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


गोरखा-२ मा एमालेका उम्मेदवार मियाको टोलीमाथि आक्रमण


637
Shares

काठमाडाैं । गोरखाको क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार अब्दुस मियाको टोलीमाथि अज्ञात समूहले आक्रमण गरेकाे छ ।

आइतबार राति चुनावी प्रचारप्रचार सकेर खाना खाइरहेको मियाको टोलीमाथि आक्रमण भएको उम्मेदवार मियाँले ईमेज खबरलाई जानकारी दिनुभएकाे हाे । साेही आक्रमणबाट होटलका कुर्सी, टेबल तोडफोट भएको र खाना खाइरहेका आफूहरु भाग्नु परेको पनि मियाले बताउनुभयाे ।

आक्रमणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको र तीन जना फरार रहेको उहाँले बताउनुभएकाे छ । साेही घटनाकाे विषयमा प्रहरीले थप अनुसन्धन गरिरहेकाे उहाँले बताउनुभयाे ।

यता, चितवन क्षेत्र नम्बर २ मा पनि आइतबार सत्ता गठबन्धनका कार्यकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेको टोलीमाथि आक्रमण गरेको थियो ।