 
	    काठमाडौं । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले बेन्जामिन नेता न्याहुलाई नयाँ सरकार गठन गर्न अनुमति दिनुभएको छ ।
यहि नोभेम्बर १ मा भएको निर्वाचनपछि राष्ट्रपति हर्जोगले यस्तो निर्देशन दिनुभएको हो । गत वर्ष सत्ता च्यूत हुनुअघिसम्म इजरायलको सबै भन्दा लामो समय प्रधानमन्त्री रहनुभएका नेता न्याहुले अब नयाँ सरकार गठन गर्नुहुने भएकाे छ ।
राष्ट्रपति हर्जोगले भ्रष्टाचारको आरोपमा उदारवादी नेता न्याहुमाथि चलिरहेको मुद्दाकाे विषयमा पनि चर्चा गर्नुभएकाे छ । उहाँले साेही मुद्दा अनुसन्धानकै क्रममा रहेको जानकारी समेत दिनुभयो । नेता न्याहुले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आउनुभएकाे छ ।
राष्ट्रपतिको अनुमतिसँगै नेता न्याहुले इजरायलमा नयाँ सरकार गठनको तयारी थाल्नु भएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्