
काठमाडौं । काठमाडौंको नयाँ सडकस्थित पाको पुखुद्याँ मानन्धर सनाः खलः ले ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्नुका साथै गत वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ ।
स्वम्भूस्थित बसुन्धरा मन्दिरमा झण्डा पूजा गरेपछि हरेक वर्ष सनाः खलः ले यस्तो कार्यक्रम आयोजना गर्दै आएको छ । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले पुखुद्याँ सनाः खलः का ७७ वर्ष माथिका १५ जना ज्येष्ठ नागरिक तथा अग्रजहरुलाई सम्मान गर्नुभएको थियो ।
साथै गुठीका सास्कृतिक गुरु हरिबहादुर मान्नधरलाई पनि सम्मान गरिएको थियो भने सो समुदायबाट सगरमाथालगायतका हिमालहरुको सफल आरोहण गर्ने चुनु श्रेष्ठ मानन्धरलाई पनि सम्मान गरिएको थियो । यस्तै गत वर्षको एसईई तथा कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याएका सो गुठी अन्तर्गतका २४ जना विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्