२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


ओलीले आम नागरिकसँग माफी माग्नु पर्छ : प्रचण्ड


4.459k
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०७४ मा बनाइएको वाम गठबन्धन र पार्टी एकता केपी शर्मा ओलीका कारण गुमेको बताउनुभएको छ ।

कर्णालीमा आज आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले ओलीले गणतन्त्र अपहरण गर्दै, महिला र दलितको अधिकार खोसेको आरोप लगाउनुभयो ।

ओलीले राजनीतिक मूल्य मान्यता गुमाइसकेको भन्दै अध्यक्ष दाहालले ओलीलाई भोट माग्ने अधिकार नरहेको उल्लेख गर्नुभयो । ओलीले भोट माग्नका लागि संविधानको मर्म विपरित गरेका काममा आम नागरिकसँग माफी माग्नुपर्ने उहाँको भनाई छ ।