Logo २६ आश्विन २०८३, सोमबार | Tue Oct 13 2026


भारतीय अभिनेता वरुण धवनलाई लाग्यो घातक रोग


255.4k
Shares

एजेन्सी । बलिउड अभिनेता वरुण धवनले आफू ‘भेस्टिबुलर हाइपोफंक्शन’ नामक गम्भीर रोगसँग लडिरहेको बताएका छन् । यो यस्तो प्रकारको रोग हो, जसले मानिसले आफ्नो शरीरको सन्तुलन गुमाउँने गर्दछ ।

वरुण यतिबेला आफ्नो आगामी फिल्म ‘भेडिया’ को प्रमोशनमा व्यस्त छन्, जसका लागि उनी विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।

वरुणले एक भारतीय सञ्चार माध्यमसँगको अन्तर्वार्ताका क्रममा आफूलाई लागेको ‘भेस्टिबुलर हाइपोफंक्शन’ नामक गम्भीर रोगसँग लडिरहेको बताएका छन् । यो रोगले कारण उनले आफ्नो शरीरको सन्तुलन गुमाउँदै गएको समेत खुलासा गरेका छन् ।

वरुण धवनले एक कन्क्लेभमा आफ्नो बारेमा कुरा गर्दै भने, ‘कोरोना अवधिदेखि नै आफूलाई फिल्मको बारेमा थप दबाब महसुस हुन थालेको थियो । अघिल्लो फिल्ममा अत्यधिक कामका कारण आफूलाई भेस्टिबुलर हाइपोफंक्सन नामक रोग लागेको वरुणले आफू निकै मानसिक तनावमा रहेको बताए ।’

वरुण धवनले हालै फिल्ममा १० वर्ष पूरा गरेका छन्, वरुण धवनले २०१२ मा करण जोहरको फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट आलिया भट्ट र सिद्धार्थ मल्होत्रासँग आफ्नो करियर सुरु गरेका थिए । यसपछि वरुण धवनले ‘बद्रीनाथ की दुल्हनिया’, ‘जुडवा २’ र ‘कुली नम्बर १’ जस्ता उत्कृष्ट फिल्ममा काम गरिसकेका छन् ।

वरुण धवन पछिल्लो पटक अनिल कपूर र नीतु कपूरसँग फिल्म ‘जुग जुग जियो’ मा देखिएका थिए । फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । वरुण धवनको वर्कफ्रन्टको कुरा गर्ने हो भने आगामी दिनमा उनी कृति सेननको अपोजिट फिल्म ‘भेडिया’ मा देखिनेछन् ।

फिल्म २५ नोभेम्बर २०२२ मा हलमा प्रदर्शन हुने तय भएको छ । यसबाहेक वरुण धवन जान्हवी कपूरसँग फिल्म ‘बावल’ मा काम गर्दैछन् ।