रुसको एक नाइट क्लबमा आगलागी, १३ को मृत्यु « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Sat Dec 10 2022


रुसको एक नाइट क्लबमा आगलागी, १३ को मृत्यु

'आगलागी गर्ने ब्यक्ति र क्लब ब्यबस्थापक प्रहरी नियन्त्रणमा'

78
Shares

काठमाडौं । रुसको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ ।

रुसको कोस्ट्रो शहरमा रहेको नाइट क्लबमा गएका एक ग्राहकले नाचगान गर्ने स्थानमा आगोका ज्वाला निस्कने बन्दुक पड्काउँदा नाइट क्लबमा आगलागी फैलिएको हो ।

आगलागीमा परि केही घाइते भएका छन् । आगलागीका कारण नाइटक्लब पुर्ण रुपमा ध्वस्त भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आगलागी गर्ने ब्यक्ति र क्लब व्यवस्थापकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।

आगलागीको समयमा सो नाइट क्लबमा २ सय ५० जना रहेको बुझिएको छ । रुसमा सन् २००९ मा पर्म शहरको नाइट क्लबमा भएको आगलागीमा पनि १ सय ५९ जनाको मृत्यु भएको थियो ।