२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


चुनावी महासंग्राममा ओली–रावल वाक् युद्ध


4.29k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाले नेता भीम रावलबीच पछिल्लो समय वाक् युद्ध चर्किएको छ ।

ओलीले प्रतिनिधि सभा सदस्यको टिकट नदिएका रावललाई उनकै क्षेत्र पुगेर आलोचना गरेपछि रावलले त्यसको जवाफ सामाजिक सञ्जालमार्फत फर्काउनुभएको हो ।

चुनावी सभाका क्रममा ओलीले रावलको आलोचना गरेपछि जवाफमा रावलले पाँचवटा प्रश्न तेस्र्याउनुभएको छ । अछाम क्षेत्रनम्बर १ बाट पार्टी कमिटीले प्रतिनिधिसभा सदस्यका लागि एकल नाम सिफारिस गरी पठाए पनि केन्द्रमा आइपुगेपछि ओलीले रोक्नुभएको थियो ।

टिकट वितरणको जिम्मा केन्द्रीय समितिले पार्टी अध्यक्षलाई दिएको थियो । उहाँले रावलको नाम कटाएर केही समयअघि मात्रै माओवादीबाट प्रवेश गरेका नेता झपट बोहोरालाई टिकट दिनुभएको थियो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।