२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चर्को ब्याजदरविरुद्ध व्यवसायी सडकमा


182
Shares

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले ब्याज र किस्ता तिर्न कठिन भएको भन्दै उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् ।

बन्द, हडताल र आन्दोलनको विरोध गर्ने उद्योगी–व्यवसायीले नै शुक्रबार कालो ब्यानर बोकेर ब्याजदर वृद्धिको विरोधमा माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।

सामान्य अवस्थामा उद्योगी–व्यवसायी सरकार र नियामक निकायको विरोध गर्न हच्किन्छन् । तर अहिले बैंकको ब्याजदर धान्नै नसक्ने अवस्था भएको भन्दै उनीहरूले नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा नेपाल राष्ट्र बैंक र सरकारमाथि औंला ठड्याएर ब्याजदर घटाउन माग गरिरहेका छन् । चर्को ब्याजले व्यवसाय सञ्चालनमा कठिनाइ भएको उद्योगी–व्यवसायीको गुनासो छ ।

ब्याजदर धान्नै नसक्ने अवस्था आएकाले आन्दोलनमा उत्रिनुपरेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठले बताए ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।