नाराणगढ–मुग्लिन सडकमा पुल निर्माणमा ढिलाई « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


नाराणगढ–मुग्लिन सडकमा पुल निर्माणमा ढिलाई


169
Shares

काठमाडौं । नारायणगढ–मुग्निल सडकखण्डमा पर्ने पुल निर्माणमा ढिलाई भएको छ ।

सडकखण्डमा निर्माणाधीन १५ पुलमध्ये नौ वटा पुल छेउमा रहेका घरटहराको क्षतिपूर्ति नदिँदा निर्माणमा ढिलाइ भएको हो ।

सडक आयोजनाका प्रमुख किरण कार्कीले पुलसँग जोडिएका २६ वटा घरटहराको क्षतिपूर्ति सरकारले उपलब्ध गराउन बाँकी रहेको बताउनुभयो ।

घर टहराको ५० हजार रुपैयाँदेखि सात लाख रुपैयाँसम्म क्षतिपूर्ति दिनुपर्ने उहाँको भनाई छ । गतवर्ष क्षतिपूर्तिको रकम विनियोजन नहुँदा समयमै पुल निर्माण सम्पन्न गर्न नसकिएको हो ।