
मोरङ । पछिल्लो पाँच वर्षदेखि सञ्चानमा आएको प्रदेश १ को उचित जैविक मल उद्योग बन्द हुने अवस्थामा पुगेको छ । २०७४ मा मोरङको पथरीशनिश्चरे-२ मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको प्रदेश १ को एकमात्र जैविक कल उद्योग सञ्चालनमा आएदेखि नै घाटामा चल्दै आएको छ ।
तीन करोड ५० लाखको लगानीमा १५ वटा कृषि सहकारी संस्था र तीन वटा किसान समूहको एक बिघा क्षेत्रफल भाडामा लिएर उद्योग सञ्चालनमा ल्याएका हुन् । जैविक मल उद्योग काठमाडौंले उपत्यका बाहिर प्रदेश १ शाखा सञ्चालनमा ल्याए पनि प्रदेशमा नै बजार नपाउँदा उद्योग घाटामा चलिरहेको हो ।
प्रतिघण्टा एक टन मल उत्पादन गर्ने क्षमता रहेको उद्योगले माग नभएका कारण वार्षिक तीन सय टन मात्रै मल उत्पादन गरिरहेको छ ।
मलको अभाव र माटोको संरक्षण गर्ने उद्देश्यसहित सञ्चालनमा आएको उद्योगले सरकार र स्थानीय पालिकाको उद्योगले सरकार र स्थानीय पालिकाको सहयोग नपाएका कारण बन्द हुने अवस्थामा पुगेको हो ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्