
काठमाडौं । चालू आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारीबाट एक खर्ब ८७ अर्ब ४ करोड रेमिट्यान्स भित्रिँदा करिब साढे तीन सय नेपालीले विदेशी भूमिमा काम गर्दागर्दै ज्यान गुमाएका छन् ।
वैदेशिक रोजगार बोर्डको चालू आवको असोजसम्मको रिपोर्टअनुसार वैदेशिक रोजगारीका सिलसिलामा ३४७ नेपाली श्रमिकको मृत्यु भएको हो ।
गत आवको सोही अवधिको तुलनामा रोजगारीका क्रमका रहेका श्रमिकको मृत्यु संख्या भने घटेको छ । गत आवको पहिलो दुई महिनामा ३७३ जना श्रमिकको विदेशी भूमिमा मृत्यु भएको थियो । यो संख्या श्रमस्वीकृति लिएर गएका श्रमिकलाई मात्र आर्थिक सहयोग गर्ने गरेका कारण श्रमस्वीकृति नलिएका मृतक श्रमिकको संख्या जोड्ने हो भने अझ बढी हुने अनुमान छ ।
वैदेशिक रोजगार बोर्डका अधिकृत शोभाकर भण्डारीले विदेशमा मृत्यु हुने नेपाली श्रमिकको वार्षिक संख्या बढ्दै गइरहेको बताए ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्