२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


प्रधानमन्त्रीको चीन भ्रमण सफल हुन्छ : रावल


0
Shares

काठमाडौं, असार ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल हुने दावी गरेका छन् ।

आज राजधानीमा भएको कार्यक्रममा रावलले भ्रमणमा पारवहन तथा यातायात सम्बन्धी सम्झौताबारे प्रोटोकलमा हस्ताक्षर हुने बताए ।

विगतमा चीनसँग गरेको १० बुँदे सम्झौता अब ठोस रुपमा कार्यान्वयन हुने भन्दै उनले रसुवागढी हुँदै नेपाल र चीन जोड्ने रेल निर्माणको सहमतिलाई ठोस रुप दिइने दाबी गरे ।

‘प्रधानमन्त्री ओलीकै अघिल्लो कार्यकालमा १० बुँदे सहमति भएका थिए, ती विषयहरुका साथै अरु थप विषयमा पनि सहमति तथा सम्झौता हुने कुरा जानकारीमा आएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीको यो भ्रमणसँगै रेल निर्माण सहमतिले गति लिन्छ ।’