
काठमाडौं । काठमाडौं उपत्यकाको सडक पोलका अस्तव्यस्त तार हट्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले पोलमा अस्तव्यस्त रूपमा टाँगिएका इन्टरनेट र केबल टेलिभिजनको तार हटाउन लागेको हो ।
प्राधिकरणले त्यस्ता तार व्यवस्थापन गर्न ४५ दिनको समयसीमा तोकेको छ । प्राधिरकणले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै आफ्नो पोल प्रयोग गरी अव्यवस्थित रूपमा तानिएका तार र झुन्ड्याइएका उपकरण व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
प्राधिरकणले त्यस्ता तारले सहर कुरूप बनाएको तथा आगलागीलगायतका विद्युतीय दुर्घटना बढेको र विद्युत् सेवा प्रवाहमा पनि असर गरेको जनाएको छ ।
आगलागी नियन्त्रण गर्न र विद्युत् सेवा भरपर्दो बनाउन भन्दै दूरसञ्चार तथा टेलिभिजन सेवा प्रदायकलाई प्राधिकरणले मापदण्डअनुसार नै तार व्यवस्थापन गर्नसमेत निर्देशन दिएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्