चुनावी घोषणापत्र: महत्वाकांक्षी योजना र आलोचनाको पुञ्ज « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Fri Dec 9 2022


चुनावी घोषणापत्र: महत्वाकांक्षी योजना र आलोचनाको पुञ्ज


65
Shares

काठमाडौं । संसदीय निर्वाचन नजिकिँदै गर्दा निर्वाचनमा भाग लिएका राजनीतिक दलहरूले महत्वाकांक्षी योजनासहितका चुनावी घोषणापत्र धमाधम जारी गरिरहेका छन् । यसै सिलसिलामा सोमबार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सार्वजनिक गरेको घोषणापत्रमा महत्वाकांक्षी तर पूरा गर्न कठिन योजनाहरू अघि सारिएको छ ।

दलहरूले घोषणापत्रलाई आफ्ना एजेन्डाभन्दा विरोधी दललाई आलोचना गर्ने माध्यम बनाएका छन् । विशेषगरी माओवादी केन्द्र र एकीकृत समाजवादीले विपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति तिखो आलोचना गरेका छन् । यी दलहरूले कम्युनिस्ट पार्टी फुटको सबै जिम्मा ओलीले नै लिनुपर्ने आशयका साथ आलोचना गरेका छन् ।

माओवादी केन्द्रले तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरी संविधान विरोधी प्रतिगामी कदम चालेको र नेपाल कम्युनिस्ट पार्टीलाई विभाजन गरी नेपाली कम्युनिस्ट आन्दोलनमाथि विसर्जनवादी प्रहार गरेको माओवादीको घोषणापत्रमा उल्लेख छ । सोही प्रतिगमन र विसर्जनवादका विरुद्ध संघर्ष गर्नुपर्ने चुनौतीपूर्ण जिम्मेवारी आफूहरूको काँधमा आएको उल्लेख गर्दै घोषणापत्रमा उक्त प्रतिगामी कदम विरुद्धको संघर्षमा सामेल हुनसक्ने सबै शक्तिहरूलाई गोलबन्द गराइएको उल्लेख गरेको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।