
काठमाडौं । झापा क्षेत्र नम्बर १ मा पूर्वकानुनमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा चुनावमा भिड्दैछन् ।
प्रतिनिधिसभा सदस्यका लागि यी दुई मुख्य प्रतिस्पर्धीसहित १५ उम्मेदवार चुनावी मैदानमा छन् । महामन्त्री शर्मा दुईपटक चुनाव हारेको क्षेत्रबाट तेस्रोपटक प्रतिस्पर्धा गर्दैछन् । पटकपटक प्रत्यक्ष निर्वाचनको अनुभव बटुलेका शर्मासँग राजनीतिक हिसाबले पाका खरेल प्रत्यक्षतर्फ पहिलोपटक भिड्दैछन् ।
मुख्य प्रतिस्पर्धी एमालेका ६१ वर्षीय खरेल र ५२ वर्षीय कांग्रेसका शर्माबीच राम्रो व्यक्तिगत सम्बन्ध छ । मंसिर ४ मा हुने प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ताका दिन दुवैजना मनोनयन स्थलमा भेटेका थिए । उनीहरूले अँगालो मारेर एकअर्कालाई बधाई र शुभकामना आदानप्रदान गरेका थिए ।
झापा एउटै ठाउँबाट प्रतिनिधित्व गर्ने भएकाले खरेल र शर्मा काठमाडौंमा पनि कहिलेकाहीँ भेट्छन् भने कहिलेकाहीँ फोनमा कुराकानी पनि गर्छन् ।
यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्