पाल्पामा झिनियाँ रोटीको व्यापार फस्टाउँदै « Imagekhabar – Online News Portal of Nepal
२२ मंसिर २०७९, बिहीबार | Thu Dec 8 2022


पाल्पामा झिनियाँ रोटीको व्यापार फस्टाउँदै


104
Shares

पाल्पा । पाल्पा तिहार आएसँगै पाल्पामा झिनियाँ रोटीको व्यापार फस्टाउने गर्दछ ।

सदरमुकामा तानसेनका हरेक चोक र पसलहरूमा रङ्गी बिरङ्गी झिनियाँ रोटी बिक्रीका लागि राखेको पाइन्छ ।

पाल्पामा झिनियाँ रोटीको व्यापार फष्टाएको छ । तिहारमा रोटीको परिकारलाई आकर्षक बनाउन झिनियाँ रोटी मिसाउने प्रचलन बढ्दै गएको छ । तिहार आएसँगै तानसेन, रामपुर ताहुँ लगायत नेवारी बस्तीमा झिनियाँ रोटीको व्यापार बढेको हो ।

तिहारमा दाजुभाइलाई टिकासँगै रोटीको परिकारमा झिनियाँ रोटी मिसाउने प्रचलन बढेकाले बजारमा झिनियाँ रोटी लिन आएको तानसेनकी भगवती पाण्डेले बताउनु भयो ।

पाल्पाको तानसेन, रामपुर, हार्थाेक, ताहुँ, सराई लगायतका अधिकाश नेवारी बस्तीमा झिनियाँ रोटी बनाउने स–साना घरेलु उद्योहरू संचालनमा रहेका छन् । नेवारी समुदायमा मात्र बढी चलन चल्तीमा रहेको झिनियाँ रोटी आजकल अन्य समुदायमा पनि लोकप्रिय बन्दै गएको छ ।

पकाउन छिटो, सजिलो र खान मिठो भएकोले तिहारमा दाजुभाई तथा पाहुनालाई दिन झिनियाँ रोटी सधै लैजाने गरेको बगनासकालीकी सुन्तली विकले बताउनु भयो । झिनियाँ रोटीका लागि चामल पिसेर मसिनो पिठो बनाइन्छ । पिठोलाई राम्ररी पकाएर विभिन्न थरीका खाने रंगहरू मिसाएर हाते मेसिनबाट यो रोटी बनाउने गरिन्छ ।

पकाउन सजिलो खान मिठो भएकोले पनि झिनियाँ रोटीको लोकप्रियता बढ्दै गएको छ । पाल्पामा ७० रुपैयाँदेखि ५ सय रुपैयाँ दर्जनसम्मका झिनियाँ रोटी बिक्री हँुदै आएका छन् । मिहेनत गर्न सके झिनियाँ रोटीबाट पाँच–छ लाखसम्म आम्दानी हुने तानसेन टक्सारकी झिनिया रोटी उद्योगी विष्णुमाया श्रेष्ठले बताउनु भयो ।

घरमै बसेर आम्दानी गर्न सकिने भएकाले पाल्पाका स्थानीय सरकार तथा घरेलु तथा साना उद्योग कार्यालयले महिलालाई रोटी बनाउने तालिमदेखि मेशिनह सहयोग गर्दै आएका छन् ।

झिनियाँ रोटीकै कारण पाल्पाका करिब दुई सय घरपरिवारले घरमै बसीबसी रोजगारी पाएका छन् । पाल्पाको झिनियाँ रोटी बुटवल, नारापणगढ, पोखरा, काठमाडौसम्म बिक्री हुँदै आएको छ ।