कांग्रेसको चुनावी संकल्प पत्र सार्वजनिक कार्यक्रम आज पनि स्थगित « Imagekhabar – Online News Portal of Nepal
१६ मंसिर २०७९, शुक्रबार | Fri Dec 2 2022


कांग्रेसको चुनावी संकल्प पत्र सार्वजनिक कार्यक्रम आज पनि स्थगित

'अर्को मिति तय हुन बाँकी'

65
Shares

काठमाडौं । नेपाली कांग्रेसको चुनावी संकल्प पत्र सार्वजनिक कार्यक्रम अनिश्चित बनेको छ ।

आज सोमबारका लागि तय गरिएको कार्यक्रम स्थगित भएसँगै संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम अनिश्चित बनेको हो ।

सोमबारका लागि तय भएको कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिनुभयो ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको संकल्प पत्र सोमबार बिहान साढे १० बजे पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्ने तय भएको थियो ।

सोमबारका लागि तय भएको कार्यक्रम स्थगित भए पनि अर्को कार्यक्रमको मिति तय भएको छैन् ।