बाजुराको अवरुद्ध सडक सञ्चालनमा « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Mon Nov 28 2022


बाजुराको अवरुद्ध सडक सञ्चालनमा


52
Shares

काठमाडौं । तीन महिनादेखि अवरुद्ध बाजुराको सडक सञ्चालनमा आएको छ ।

अछामको साफेबगरदेखि बाजुराको सदरमुकाम मार्तडी जोड्ने सडक सञ्चालनमा आएको हो ।

बाजुराको बुडिगँगा नगरपालिका अन्तर्गत पर्ने सडकखण्डको मर्मत कार्य सकिएकाले साना सवारीसाधन सञ्चालनमा आएको सडक डिभिजन साफेबगर अछामले जनाएको छ ।

गत असारमा भएको वर्षाका कारण सडक भासिँदा आवातजावत अवरुद्ध भएको थियो । करिब ८ सय मिटर सडकको मर्मत कार्यपछि साना सवारीसाधन सञ्चालनमा आएको र केही दिनभित्रै सडक पुर्ण रूपमा सञ्चालनमा आउने जनाइएको छ ।

सडक अवरुद्ध हुँदा बाजुरामा खाद्यान्न, औषधिलगायतका अत्यावश्यक वस्तुको अभाव भएको थियो ।