२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


दोस्रो तहका हेभिवेटबीच संग्राम

देवप्रसाद गुरुङको भर गठबन्धन, कामको मूल्यांकन हुनेमा पृथ्वी सुब्बा गुरुङ ढुक्क

1.131k
Shares

काठमाडौं । मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा लमजुङबाट दोस्रो तहका प्रभावशाली नेताद्वय देवप्रसाद गुरुङ र पृथ्वी सुब्बा गुरुङले प्रतिस्पर्धा गर्दैछन् । देवप्रसाद नेकपा माओवादी केन्द्रका महासचिव र पृथ्वी सुब्बा एमालेका उपमहासचिव हुन्, उनीहरूबीच कडा र रोचक प्रतिस्पर्धा हुँदैछ ।

यसअघि २०७४ को निर्वाचनमा गठबन्धनबाट प्रतिनिधि सभा तथा प्रदेश सभामा निर्वाचित नेताद्वय गुरुङ नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठमा पार्टी एकीकरण भई नेकपा बनेपछि एउटै पार्टीमा गोलबद्ध भएका थिए ।

अघिल्लो निर्वाचनमा देवप्रसाद प्रतिनिधिसभा र पृथ्वी सुब्बा प्रदेशसभा ‘ख’बाट निर्वाचित भएका थिए । लमजुङमै जन्मिएका पृथ्वी सुब्बा र मनाङमा जन्मिए पनि कर्मथलो लमजुङ बनाएका देवप्रसाद एउटै समुदायका दुई हेभिवेटबीच यसपटक जिल्लाबाट केन्द्रमा कसले प्रतिनिधित्व गर्ने भन्ने प्रतिस्पर्धा हुँदैछ ।

अघिल्लो निर्वाचनमा एमालेसँग मिलेर निर्वाचन जितेका देवप्रसादलाई यसपटक नेपाली कांग्रेस, एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) र राष्ट्रिय जनमोर्चालगायत दलले साथ दिँदैछन् । अघिल्लोपटक माओवादी केन्द्र र नेकपा एस बन्नुअघिका एमालेको मत प्राप्त गरेका पृथ्वी सुब्बा यसपटक विभाजित एमालेको मतका भरमा निर्वाचन लड्दैछन् ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।