१३ जेष्ठ २०८२, मंगलबार | Wed May 28 2025


राजनीतिक स्थिरता बिना विकास निर्माण असम्भव: नेता सिंह


26
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक स्थिरताबिना विकास निर्माण सम्भव नभएको बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली जनताले देशमा स्थिरता कायम होस् भन्ने चाहना गरेको भन्दै देशमा राजनीतिक स्थिरता कायम गर्न गठबन्धनको विकल्प नभएको बताउनुभयो ।

उहाँले राजनीतिक स्थिरताबाट नै देश समृद्धि र विकास हुनसक्ने भन्दै आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन आग्रह गर्नुभयो । उहाँले राजनीतिक स्थिरता र स्थायित्व, संविधानको कार्यान्वयनको लागि गठबन्धन हार्नुनहुने बताउनुभयो ।

उहाँले भन्नुभयो,-‘नेपालको राजनीतिक परिस्थितिबाट जनताको स्थिरताको लागि जुन चाहना छ, राजनीतिक स्थिरता कायम गर्नको लागि पनि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आवश्यक छ । अस्थिरता भयो भने विकास निर्माणको कुरा काल्पनिक हुन जान्छ, राजनीतिक स्थिरता र स्थायित्वका लागि र संविधानलाई ट्रयाकमा राख्न र कार्यान्वयन गर्नको लागि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आवश्यक छ ।’

नेता सिंहले गठबन्धनलाई जिताउनका लागि देशभरबाट सबै नेता र कार्यकर्ताले सहजताका लागि आवश्यक पहल गर्न आग्रह गर्नुभयो ।