२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


तीन महिनामा प्रारम्भिक प्रतिवेदन

एनएचपीसीले पायो पश्चिम सेती सर्भेको लाइसेन्स

26
Shares

काठमाडौं । लगानी बोर्डले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई सम्भाव्यता अध्ययनको लाइसेन्स दिएको छ ।

बिहीबार लगानी बोर्डले आयोजना सर्भेक्षणका लागि एनएचपीसीलाई लाइसेन्स दिएको जनाएको छ ।

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले एनएचपीसीका नायब महाप्रबन्धक अशोक कुमार जोशीलाई अनुमतिपत्र हस्तान्तरण गरेको बोर्डले जनाएको छ । लगानी बोर्डबाट लाइसेन्स पाएसँगै एनएचपीसीले आयोजनाबाट आर्थिक लाभ भए नभएको, आयोजना निर्माण गर्दा लाग्ने लागत, आयोजनामा अधिकतम विद्युत उत्पादन हुन सक्ने सम्भावना लगायतका विभिन्न विषयमा दुई वर्षभित्र अध्ययन गर्नेछ ।

गत २३ जेठको लगानी बोर्डको ५१ औं बैठकले पश्चिम सेती निर्माणको जिम्मा एनएपीसीलाई दिने निर्णय गरेको थियो ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।